Comments Add Comment

भूकम्पले मध्य इटलीका कयौं गाउँ ध्वस्त

Italy-Earthquake-3

काठमाडौं । मध्य इटालीमा केन्द्रबिन्दू भएर गएको शक्तिशाली भूकम्पका कारण थुप्रै गाउँहरु तहस नहस भएको छ । भूकम्पमा परि अहिलेसम्म कम्तिमा ३८ जनाको मृत्यु भइसकेको छ भने १५० भन्दा बढी बेपत्ता छन् । उनीहरु भग्नावशेसभित्र पुरिएको आशंका गरिएको छ ।

मध्यरातमा आएको भूकम्पको तीव्रता ६.२ म्याग्निच्युड मापन गरिएको छ । युनाइटेड स्टेट्स जियोलोजिकल सर्बेका अनुसार भूकम्प इटालीयन शहर परुजा नजिकै जमिनबाट १० किलोमिटर भित्र थियो ।

Italy-Earthquake-2

भूकम्पले थुप्रै भवनहरु ध्वस्त भएका छन् । अमाट्रिस शहरका मेयरले इटालीयन रेडियोलाई बताए अनुसार आधा शहर ध्वस्त भएको छ ।

इटालीयन सञ्चारमाध्यमले जनाए अनुसार राजधानी रोम शहरका भवनहरु करीव २० सेकेण्डसम्म हल्लिएका थिए ।

एक्युम्याली शहरका मेयर स्टेफानो पेटरुचीले स्थानीय सञ्चारमाध्यमलाई बताए अनुसार शहरका एक परिवारलाई भग्नावसेशबाट उद्धार गरिएको छ ।

अमाट्राइस शहरका मेयर सरजो परोजीका अनुसार शहरको भित्र र बाहिरको सडक भासिएको छ । आधा शहर ध्वस्त भएको छ र भग्नावसेशमा मानिसहरु पुरिएका छन् भने भू-स्खलनका कारण पुलहरु भासिने खतरा बढेको छ ।

Italy-Earthquake-4

उनका भने, ‘महलका भग्नावसेश भित्र मानिसहरु चिच्याएको आवाज सुनिएको छ र मानिसहरुको एक एक गरी उद्धार भइरहेको छ ।

भूकम्प पीडितहरुले निक्कै शक्तिशाली धक्का महशुस गरेको बताएका छन् । रातिको समयमा भूकम्प गएकाले धेरै हताहती भएको अनुमान गरिएको छ ।

Italy-Earthquake-5

भूकम्प प्रभावित इलाका अम्ब्रिजा, लाटजिओ र मार्स इटलीका प्रमुख पर्यटकीय गन्तव्यमध्येका हुन् ।

नागरिक सुरक्षा विभागका प्रमुखले यस भूकम्पलाई सन् २००९ मा आक्विला क्षेत्रमा भएको भूकम्पसँग तुलना गरेका छन् । जसमा ३०९ जनाको मृत्यु भएको थियो ।

Italy-Earthquake-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment