Comments Add Comment

फोटो पत्रकारको स्वास्थ्य, दुर्घटना र क्यामराको बिमा

PJ-Club-and-Shikhar-Insurance agreement
तस्वीर सौजन्य: पीजे क्लब

८ भदौ, काठमाडौं । फोटो पत्रकारको स्वास्थ्य, दुर्घटना र क्यामराको बिमा गर्ने विषयमा शिखर इन्स्योरेन्स र फोटो पत्रकार क्लबबीच एक सम्झौता भएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा शिखर इन्स्योरेन्सका कार्यकारी निर्देशक दिपकुमार पाण्डे र क्लबका अध्यक्ष विकास कार्कीले फोटो पत्रकारको क्यामेराको तीन लाख, स्वास्थ्यको एक लाख र दुर्घटनाको पाँच लाख रूपैयाँसम्मको बिमा गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

‘फोटो पत्रकारको क्यामेरा चोरी भएको अवस्थामा बिमा दाबी गर्न नसकिने र अन्य अवस्थामा गरिने बिमा दाबी क्लबको सिफारिसका आधारमा हुनेछ,’ सम्झौतापछि क्लबद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

फोटो पत्रकार क्लबका अध्यक्ष कार्कीले शिखर इन्स्योरेन्ससँगको सहकार्यबाट फोटो पत्रकारहरुलाई ढुक्क भएर कार्यक्षेत्रमा लाग्न अभिप्रेरित गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment