Comments Add Comment

पेस्तोल र २५० किलो गाँजासहित एकजना पक्राउ

८ भदौ, सप्तरी । सप्तरी जिल्लाको मलहन १ बाट सशस्त्र प्रहरीको टोलीले अवैध पेस्तोल र २५० किलो गाँजासहित एकजनालाई बुधबार पक्राउ गरेको छ । स्थानीय ६९ वर्षीय छोटीलाल भण्डारीलाई गाँजा, पेस्तोल र पेस्तोलमा प्रयोग हुने दुई राउण्ड गोलीसहित प्रहरीले पक्रेको हो ।

Sixer-Pestol
फाइल तस्वीर

सशस्त्र प्रहरी बल दन्तकाली गण बरमझिया सप्तरी र सशस्त्र प्रहरी बल सुरक्षा बेश कडोरवानाबाट खटिएको टोलीले भण्डारीलाई पक्राउ गरेको हो ।

गस्तीमा खटिएको एपीएफ टोलीले विशेष सुराकीको आधारमा निज भण्डारीको गाई गोठमा जाँच गर्दा सिक्सर पेस्तोल एउटा र सोको दुई वटा गोली फेला परेपछि उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका भण्डारीलाई बरामद हतियार तथा गाँजासहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

ब्राउन सुगरसहित पक्राउ

यसैबीच सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म जमुनाह बाँकेबाट खटिएको सशस्त्र प्रहरीको टोलीले करीव २८ ग्राम ब्राउन सुगरसहित नेपालगञ्ज उपमहानगरपालिका २० बाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका १६ बस्ने २८ वर्षीय सुशील पुरी छन् ।

गस्तीमा खटिएको एपीएफ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पुरीलाई शंका लागेर जाँच गर्दा ब्राउन सुगर फेला परेको थियो ।

यसैगरी बाँकेको नेपालगञ्ज उपमहानगरपालिका २१ जैसपुरबाट सशस्त्र टोली र स्थानीय प्रहरीले करीव दुई ग्राम ब्राउन सुगरसहित मंगलबार कोहलपुर ८ बाबानगरका १९ वर्षीय बिनोद चौधरी र सोही ठाउँ बस्ने सागर चौधरीलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment