Comments Add Comment

स्वास्थ्य मन्त्रालयका गाइनाकोलोजिस्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर

८ भदौ, काठमाडौं । स्वास्थ्य मन्त्रालय अन्तर्गत गाइनाकोलोजिस्टका रुपमा कार्यरत डा. सुनिल आचार्यमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

AKHTIYAR,-CIAAउनी माथि राजाराम शाह कलेज रक्सौल पूर्वी चम्पारन भारतबाट सन् १९९७ मा आइएस्सी प्रथम श्रेठीमा उत्तिर्ण गरेको झुठो शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आरोप लागेको छ ।

नेपाल मेडिकल काउन्सिलबाट सदस्यता नम्बर प्राप्त गरी सरकारी अस्पतालमा नियुक्ति लिएको उजुरीको आधारमा अनुसन्धान तथा छानबीन गर्दा उनले ०६३ साल फागुन २७ गते नेपाल स्वास्थ्य सेवा, जनरल हेल्थ सर्भिसेज समूह मेडिकल अधिकृत पद सातौं तहमा सरकारी सेवामा प्रवेश गरेको देखिएको छ ।

त्यसैगरी यही वैशाष २४ गतेदेखि नेपाल स्वास्थ्य सेवा अब्स्ट्रेटिक तथा गाइनोकोलोजी समूह कन्सलटेन्ट अब्स्ट्रेटिक तथा गाइनोकोलोजिस्ट नवौ तहमा बढुवा भई लाभ सुविधा लिएको पाइएको अख्तियारले जनएको छ ।

उनलाई भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ र दफा २९ (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ (१) बमोजिम सजायँ गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मागदावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment