Comments Add Comment

सिन्धुली बजारमा पनि प्रभु बैंकको शाखा

prabhu-sindhuli
८ भदौ, काडमाडौं । सिन्धुली बजारमा प्रभु बैंकको नयाँ शाखा कार्यालय स्थापना भएको छ । सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष विनेशकुमार श्रेष्ठले एक समारोहकाबीच शाखा कार्यालयको उद्घाटन गरे ।

मर्जरको क्रममा एकै स्थानमा दोहोरिएका बैंकका शाखा कार्यालयमध्ये बनेपा शाखा कार्यालयलाई सिन्धुलीमा स्थानान्तरण गरिएको हो ।

मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हँुदा बैंकको सेवा विस्तारित हुनुका साथै ग्राहकहरुले सरल, सहजरुपमा सुविधा प्राप्त गर्ने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment