Comments Add Comment

जगदम्बा स्टिल्सले ल्यायो ‘राइनो-५०० डी’ फलामे छड

byapari
८ भदौ, काठमाडौं । शंकर गु्रपअन्तर्गतको जगदम्बा स्टिल्स प्रालिले नेपाली बजारमा ‘ग्यारेण्टेड डक्टिलिटी’ सहितको राइनो ५०० डी फलामे छड ल्याएको छ ।

राइनो ५०० डी मजबुती तथा डक्टिलिटी सहितको नयाँ छड भएको कम्पनीको दावी छ । उत्पादन प्रक्रिया, भौतिक तथा रसायनिक गुणको सम्मिश्रण लगायत कारणले यो छड बजारमा उपलब्ध अन्य उत्पादन भन्दा विशेष र पृथक रहेको जगदम्बा स्टिलले जनाएको छ ।

ग्रेड एर्फइ ५०० डीमा कम्पनीले सल्फर र फोसफोरसको सम्मिश्रणको अधिकतम ०.०७५ प्रतिशत मात्र प्रयोग गरेको छ । यसले गर्दा छड अत्यधिक मजबुत हुनुका साथै उच्च डक्टिलिटीको सुनिश्चितता गर्छ ।

उत्पादनको खरिदमा कम्पनीले उपभोक्तालाई ग्यारेण्टी कार्डपनि उपलब्ध गराउँछ । नेपाली बजारमै पहिलो पल्ट उपलब्ध गराउन लागिएको यो ग्यारेन्टी कार्डमार्फत उपभोक्तालाई निर्माणमा गुणस्तर र सुरक्षाको प्रत्याभुती दिन चाहेको कम्पनीले बताइएको छ ।

नयाँ उत्पादन सार्वजनिक गर्दै शंकर गु्रपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले हाउजिङ लगायत पुर्वाधार विकासको क्षेत्रमा ब्यापक अवसरको सिर्जना भएको बताए । भुकम्पीय क्षति न्यूनिकरणका लागि सुरक्षित तथा भुकम्प प्रतिरोधात्मक निर्माण भने ठूलो चुनौतीका रुपमा रहेको बताउँदै अग्रवालले यही चुनौतीको सामना गर्ने सोचका साथ एर्फइ ५००डी गे्रडमा फलामे छड सार्वजनिक गरिएकोे जानकारी दिए ।

जगदम्बा स्टिल्समा उत्पादनको उत्कृष्ट गुणस्तर तथा उत्पादनका लागि अत्याधुनिक स्वचालित प्लान्ट छ । कम्पनीले गुणस्तरका लागि नियन्त्रित उत्पादन प्रणाली अन्तर्गत नियन्त्रित कच्चा पदार्थको प्रयोग, नियन्त्रित उत्पादन प्रक्रिया र नियन्त्रित परिमिति (पारामिटर्स) अपनाउने गरेको छ ।

rhino-500dउत्कृष्ट गुणस्तरको फलामे छड उत्पादनका लागि कम्पनीले टाटा स्टिल, जिन्दाल स्टिल, आइआइएससीओ र एसएआईएल लगायत विश्व विख्यात स्टिल कम्पनीहरु मार्फत कच्चा पदार्थको आयात गर्ने गरेको छ । तिनको उत्पादनसमेत कडा परीक्षण पछिमात्र फलामे छड उत्पादनका लागि प्रयोगमा ल्याउने गरिएको छ ।

यसले उत्पादनको गुणस्तरलाई एनएस र बीआईएस -आईएस) मापदण्ड पुर्‍याउन सघाएको कार्यक्रममा जानकारी दिइयो । राइनो ५००डी फलामे छड नेपाल जस्तो उच्च भुकम्पीय जोखिम सम्भावित क्षेत्रमा साना ब्यक्तिगत घरदेखि ठूल्ठूला पूर्वाधार लगायत परियोजना निर्माणका लागि विशेष उपयुक्त हुो कम्पनीले जनाएको छ ।

यो बहुतले भवन, पूल, फ्लाइओभर्स तथा बाँध, विण्ड टर्बाइनको जग, औद्योगिक संरचनाहरु, कंक्रिट सडकहरु, टनेल्स, थर्मल तथा जलविद्युतिय पावर स्टेसन्स लगायतको निर्माणका लागि उपयुक्त हुनेछ ।

कम्पनीको नेपालभर रहेका विशेष खुद्रा विक्रि केन्द्रमार्फत उपभोक्ताले ८ एमएम देखि ३२ एमएम सम्मको साइजमा सहजै राइनो ५००डी रेबार खरिद गर्न सक्छन् । साथै, उपभोक्ताको माग तथा परियोजनाको आवश्यकता अनुसार ३६ एमएम र ४० एमएम साइजमापनि कम्पनीले रेबार उपलब्ध गराउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment