Comments Add Comment

टानमा १४ करोड बेरुजु

Tourism-board

८ भदौ, पोखरा । टे्रेकिङ्ग एजेन्सिज एशोसियसन अफ नेपाल -टान) मा अझैपनि १४ करोड बेरुजु देखिएको आरोप लागेको छ ।

नेपाल पर्यटन बोर्डका बरिष्ठ सहायक प्रबन्धक नविन पोखरेलले पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा टानमा देखिएको बेरुजु अझै फछ्र्यौट नभएको जानकारी दिए । पदयात्री ब्यबस्थापन प्रणाली -टिम्स)बाट २०६६ सालयता प्राप्त १४ करोड अझैपनि टानमा बेरुजु रहेको उनको भनाइ छ ।

टानलाई निश्चित मापदण्ड तोकेर खर्च गर्न दिइएको भएपनि टानले क्षेत्र अधिकार भन्दा बाहिर गएर खर्च दर्ता रकम बेरुजु देखिएको पोखरेलले बताए ।

उनले टानले बेरुजु फछ्र्यौट नगर्दा टिम्सबाट थप रकम दिन समस्या भएको बताए । उनले भने,-‘पहिलेकै रकम टानले फछ्र्यौट गरेको छैन, पहिलेको फछ्र्यौट नहुँदा टिम्सले संकलन गरेको ३० प्रतिशत रकम दिनुपर्ने भएपनि दिन नसकेका हौं ।’ थप रकम पाउन र आफ्नो गुमेको साख फर्काउन टानले बेरुजु फछ्र्यौट गर्नुपर्नेमा उनले जोड दिए ।

पदयात्रामा निस्कने विदेशी पर्यटकहरुसँग नेपाल पर्यटन वोर्ड र टानले प्रबेश शुल्कः उठाउँदै आएका छन् । विदेशी पर्यटक आफुखुशी पदयात्रामा निस्कँदा प्रति व्यक्ति २ हजार र गाइड वा भरियाको साथमा पदयात्रामा निस्कँदा भने प्रति पर्यटकको प्रशेश शुल्क एक हजार रुपैयाँ तोकिएको छ ।

नेपाल पर्यटन वोर्डले टिम्सको करीब २० करोड रुपैया टानसँगको सम्झौता अनुसार नै पर्यटन प्रवर्द्धनमा खर्च गरेको पोखरेलको दाबी छ ।

टानका अध्यक्ष चन्द्र रिजालले आफु टानको अध्यक्षमा आएको ११ महिना बितिसकेको र यो अवधीमा बोर्डबाट एक रुपैयाँ पनि टिम्सको रकम नपाएको गुनासो गरे । उनले अघिल्लो दुई कार्यसमितिले बेरुजु देखाउँदा त्यसको मार आफूहरुले बेहोर्नुपरेको बताए । पर्यटन बोर्डबाट रकम नपाउँदा आफूहरुले पर्यटन प्रबर्द्धन र पदयात्रीका लागि खर्च गर्न नसकेको र सोंचेजति काम पनि गर्न नसकेको बताए । बेरुजु भनिएको १४ करोड नै बेरुजु नभई बिल भरपाई नमिल्दा मात्रै त्यत्तिका रकम बेरुजु देखिएको उनको दाबी छ ।

पर्यटन विभागका महानिर्देशक सुदर्शन ढकालले टिम्स कोषको पैसा खर्च गर्दा टान जिम्मेबार बन्नुपर्ने बताए । उनले टिम्सको पैसा भ्रमणलगायत अन्यमा आफूखुशी खर्च गर्न टानले नपाउने बताए । टिम्सको रकम दुरुपयोग गर्नेहरुको स्वेतपत्र सार्वजनिक गरी उनीहरुलाई जिम्मेबार बनाउनु पर्ने उनको भनाई छ । टिम्सबाट प्राप्त रकम टानले पदयात्रीकै लागि खर्चिनुपर्ने भएपनि पदयात्री हिंड्ने स्थानहरुमा टानले झुप्राहरु समेत नबनाएको आरोप लगाए ।

पूर्व पर्यटनमन्त्री तथा माओवादी पर्यटन विभाग इन्चार्ज लोकेन्ऽ विस्ट मगरले टानको ब्यबस्थापन पक्षको कमजोरीले दुरुपयोग भएको बताए । पत्रकार सम्मेलनअघी आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले पदयात्रामा टहरा, छाप्रो वा त्यस्ता पदयात्रीलाई सहज हुने कुनैपनि काममा रकम खर्च भएको देखिदैन, प्राप्त रकम दुरुपयोग भएकाले यसको चाँडै टंुगो लगाएर दोषीमाथी कार्वाही गर्नुपर्ने बताए ।

नेपाली कांग्रेस केन्द्रिय सदस्य गोबिन्द भट्टराईले टिम्स पदयात्रा क्षेत्रको लागि आवश्यक रहेकाले दुवै पक्ष मिलेर जान सुझाव दिए ।

नेकपा एमालेका पर्यटन इञ्चार्ज सूर्य थापाले टानले टिम्सको प्रभावकारी कार्यान्वयनको लागि कार्यविधि बनाएर जानुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment