Comments Add Comment

पुलिसलाई नाक कोट्याउन र सेल्फी खिच्नमा प्रतिबन्ध

Police in the Philippinesपुलिसका जवान तथा अधिकृतहरुलाई ड्युटीमा खटिएको बेला सेल्फी नखिच्न तथा नाक नकोट्याउन कडा निर्देशन दिइएको छ ।

यो रोचक खबर फिलिपिन्सको हो । फिलिपिन्सको राजधानी मनिलास्थित नेसनल क्यापिटल रिजन पुलिस अफिस (एनसीआरपिओ) ले एक विज्ञप्ती जारी गर्दै जनतामा नकारात्मक प्रभाव पार्ने खालका क्रियाकलाप नगर्न सकल दर्जालाई निर्देशन दिएको हो ।

कार्यालयले आफु मातहतका प्रहरीहरुलाई ड्युटीमा रहेको बेला नाक नकोट्याउन, स्मार्टफोन तथा कम्प्युटर लगायतमा अनलाइन गेम नखेल्न, धुम्रपान नगर्न र चुइंगम नचपाउन पनि निर्देशन दिएको छ ।

यसका साथै ड्युटीमा खटिएको बेला अरुले देख्ने गरी जिउ नकन्याउन र एक खुट्टाले टेकिएर उभिने जस्ता शारीरिक हाउभाउ समेत नदेखाउन भनिएको छ ।

राजधानीका पुलिस अधिकारीहरुले बारम्बार ड्युटी अवधिमा सेल्फी खिच्दै अनलाइनमा पोष्ट गर्ने तथा विभिन्न खाले अनुचित व्यवहार देखाउन थालेपछि प्रहरी कार्यालयले यस्तो निर्देशन दिन बाध्य भएको हो ।

अबदेखि राजधानीमा रहेको सम्पूर्ण पुलिस फोर्सको ८० प्रतिशत हरेक समय गस्तीमै खटिने र सहरको सुरक्षामा विशेष ध्यान दिने पनि पुलिस कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment