Comments Add Comment

कांग्रेसमा मन्त्रीको भागवण्डा मिलेन, पौडेल समूहले नाम दिन मानेन

Sher Bahadur Deuba and Ramchandra Paudel

८ भदौ, काठमाडौं । आफ्नो समूहको सम्मानजनक सहभागी नभएको भन्दै नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले मन्त्रीहरुको नाम दिन अस्वीकार गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको प्रतिनिधिका रुपमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि चार मन्त्रालयको प्रस्ताव लिएर पौडेल निवास पुगेका थिए । तर, पौडेलले मानेनन् ।

लगतै बसेको पौडेल समूहको बैठकले आफ्नो समूहबाट मन्त्रीहरु नपठाउने निर्णय गरेको छ । ‘पद्धति, प्रकृति र परम्परा अनुसार सम्मानजनक सहभागिता नभएसम्म सरकारमा मन्त्री नपठाउने निर्णय भएको छ, एक नेताले भने ।

पद्धति, प्रकृति र परम्परा भनेपछि भागवण्डा नमिलेको हो । बुधबार विहान भएको छलफलमा पौडेलले मन्त्रालय भागवण्डामा कुरा नमिलेको बताएका थिए ।

पौडेल समूहले ५ मन्त्री र चार राज्यमन्त्री बनाउनु पर्ने माग गरेको छ । तर, देउवाले भने भोलिसम्ममा नाम नपठाएर मन्त्री छनौट गरेर अघि बढ्ने सोच बनाएका छन् ।

अर्जुनरसिंह केसी मन्त्री बन्न तयार

पहिलो चरणको मन्त्रिपरिषद विस्तारका क्रममा राम्रो मन्त्रालय नपाएको भन्दै सपथ खान नगएका नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी अहिले मन्त्री हुने तर्खरमा छन् ।

स्रोतका अनुसार अर्जुननरसिंह केसीले कुन मन्त्रालय लिने भन्ने टुंगो लागेको छैन । उनले खानेपानी मन्त्रालयलाई गाभे सहरी विकास मन्त्रालयसमेत लिन सक्ने बताएका छन् । अर्को विकल्पमा शिक्षा मन्त्रालय छ । पूर्वशिक्षामन्त्रीसमेत रहेका केसी निकट स्रोतले भन्यो, ‘सहरी विकास उहाँको रोजाइ हो । नभए शिक्षामा जानुहुन्छ ।’

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले केसीलाई स्वास्थ्य वा रक्षा मन्त्रालय प्रस्ताव गरेका थिए । तर, उनले अस्वीकार गर्दै सपथग्रहण बहिस्कार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment