Comments Add Comment

प्रधानमन्त्रीले मोदीलाई पठाएको पत्र सार्वजनिक गर्न एमालेको माग

UML-Baithak


८ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएको पत्र सार्वजनिक गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माग गरेको छ ।

साथै उसले संविधान संशोधनबारे देशभित्र कुनै परामर्श नगरेको तर, विदेशी भूमिमा छलफल गरेको भन्दै आपत्ति जनाएको छ ।

एमालेले भारततर्फ संकेत गर्दै कुनै देशको अतिरिक्त चासोका आधारमा संविधान संशोधन हुन नसक्ने बताएको छ । ‘तर, अहिले जे आधारमा र जुन ठाउँमा संविधान संशोधनका लागि चर्चा चलाइएको छ, यो आपत्तिजनक र निरर्थक छ,’ स्थायी कमिटी बैठकपछि एमालेले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘संविधान संशोधन हाम्रो देशको आन्तरिक विषय हो र यहाँका राजनीतिक दलहरूले महसुस गर्ने आवश्यकतामा यो निर्भर रहन्छ ।’

सरकारले पूर्णता नपाउँदै र परराष्ट्र मन्त्रालयको जिम्मेवारी कसैलाई नसुम्पदै छिमेकी देशमा विशेष दूत पठाउनु गलत भएको उसले बताएको छ । संविधान संशोधनलगायत आन्तरिक मामिलाबारे प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई पत्र पठाइएको चर्चा रहेको भन्दै एमालेेले यसले स्वाधीनता र स्वतन्त्र निर्णय गर्ने हैसियतमा आँच पुर्‍याएको ठहर गरेको छ ।

सरकारले आन्तरिक मामिलामा अवाञ्छित बाह्य चासो निम्त्याउने त्रूटिपूर्ण काम गरेको भन्दै एमालेले प्रधानमन्त्रीबाट पठाइएको भनिएको पत्र सार्वजनिक गर्न माग गरेको छ । साथै, नेपालको भविष्य नेपाली जनता आफैंले निर्धारण गर्ने मान्यता र स्वाभिमानमा आघात पुर्‍याउने कुनै किसिमका काम नगर्न सरकारलाई सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment