Comments Add Comment

सबैभन्दा कमजोरलाई शिक्षक बनाइँदै, कमजोरले शिक्षाशास्त्र पढ्न सक्ने

Teacher९ भदौ, काठमाडौं ।  प्राविधिक तथा व्यावसायिक शिक्षामा आकर्षण बढ्ने अपेक्षासहित एसएलसीमा लेटरग्रेडिङ प्रणाली लागू गरिए पनि परिणाम उल्टो आएको छ ।

कमजोर ग्रेडिङ भए पनि कक्षा ११ मा भर्ना पाएका विद्यार्थीले शिक्षाशास्त्रतर्फ भीड बढाएका थिए । अघिल्ला वर्षहरूमा शिक्षाशास्त्रमा जेनतेन एउटा कक्षा चलाउने शैक्षिक संस्थाहरूले अहिले धमाधम सेक्सन थपेका छन् ।

त्यति मात्र होइन, अघिल्ला वर्ष शिक्षाशास्त्रको कार्यक्रम सञ्चालन नगरेकाले पनि यसपालि सुरु गरेका छन् । यसअघिका वर्षहरूमा देशभरमा शिक्षाशास्त्र पढ्ने विद्यार्थीको संख्या धेरै भए पनि उपत्यकामा विद्यार्थी नपाएपछि शिक्षा र मानविकी पढाउने संस्था घट्दै गएका थिए, अाजकाे नयाँ पत्रिका दैनिकमा समाचार छ ।

एकदमै कमजोर नतिजा भएकाहरूले समेत प्रवेश पाएपछि उपत्यकाका समेत शिक्षाशास्त्रमा भीड बढेको हो । ०७२ को एसएलसी परीक्षामा लेटरग्रेडिङ प्रणालीमा पहिलोपटक नतिजा निकालेको छ ।

कक्षा ११ मा भर्ना गर्ने आधार तय गर्दा पनि सबैभन्दा कमजोरले शिक्षाशास्त्र पढ्न सक्ने गरी बाटो खुला गरेको छ । उच्च माध्यमिक शिक्षा परिषद्को मापदण्डका कारण डी प्लस पनि नचाहिने मानविकीका विषयहरू पपुलेसन, सोसल, आरडीजस्ता विषयमा विद्यार्थी भर्ना हुने भएका छन् ।

गान्धी आदर्श माविमा अघिल्लो वर्ष एजुकेसन स्ट्रिममा कक्षा ११ मा २७ जना भर्ना भएकामा यो वर्ष सयभन्दा बढी पुगेका छन् । ‘पहिले एजुकेसनको एउटा सेक्सन हुन्थ्यो, अहिले दुईवटा सेक्सन भएको छ, विद्यार्थी बढिरहेका छन, सेक्सन थप्नुपर्ने अवस्था छ,’ माविका प्राचार्य गणेश चन्द भन्छन् ।

नेपालमा सबैभन्दा कमजोरले शिक्षाशास्त्र पढ्ने गरेका छन् । शिक्षा मन्त्रालयले नै सबैभन्दा कमजोरलाई शिक्षाशास्त्र पढ्ने बाटो देखाएको हो । तर, शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले सक्षम विद्यार्थी मात्र शिक्षक बन्ने तर्क गरे । ‘सक्षम व्यक्ति शिक्षक बन्नुपर्छ,’ लम्सालले भने, ‘कमजोरले शिक्षाशास्त्र पढ्न पाए पनि शिक्षक छनोटका लागि हुने परीक्षामा मेरिटमा अगाडि आउनेहरू मात्र शिक्षक हुन पाउँछन् । पढेका सबै शिक्षक हुँदैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment