Comments Add Comment

सुस्ताका १८ नेपालीविरुद्ध भारतीय अदालतमा मुद्दा

भारतीय अतिक्रमणको विरोध गर्नेविरुद्ध मुद्दा

law,-court-&-justice९ भदौ, काठमाडौं । भारतीय पक्षले सुस्ताका नेतृत्वकर्तालाई ज्यान मुद्दा लगाएको छ । भारतीय पक्षले सुस्तामा रहेर भारतीय अतिक्रमणको बिरोध गर्नेविरुद्ध ज्यान मारेको अभियोगमा मुद्दा चलाएको हो ।

विहार प्रहरीका लागि सुराकीको काम गर्दै आएका भनिएका सुस्ताका एक व्यक्तिको हत्या आरोपमा १९ जना नेपालीविरुद्ध भारतमा मुद्दा चलाइएको हो ।

आफ्नो भूमि मिचिएर अफ्ठेरोमा परेका सुस्ताबासी नेपाली मुद्दा चलाइएको थाहा पाएपछि त्रसित भएका छन् ।

हडपिएको नेपाली भूमिमा कब्जा जमाइराख्नका लागि भारतीय पक्षाले नेपालीहरूलाई डर त्रास देखाउन मुद्दा चलाएको आरोप सुस्तावासीले लगाएका आजको राजधानी दैनिकमा समाचार छ ।

सुस्ताको जनता दलित प्रावि पछाडि घर भएका २७ वर्षीय प्रभु लोनियाको शव एक महिनाअघि भारतस्थित बगाहाको नौरगिया कटाहा खेतामा शव फेला परेको थियो ।

सीमापारि भएको घटनामा सीमावारिका मानिसमाथि मुद्दा चलाइएपछि नेपाली आक्रोशित भएका छन् । नेपालीहरुविरुद्ध विहारको बगाहा अदालतमा मुद्दा चलाइएको हो ।

मृतक लोनिया ससुरालीमा बसेर विहार पुलिसका लागि सुराकीको काम गर्दै आएको स्थानीयवासीले बताएका छन् ।

सुस्तामा रहेका नेपालीका गतिविधि र दिनचर्याका बारेमा उनले विहार प्रहरीलाई जानकारी दिने र नेपालीलाई भुठा आरोप लगाएर सताउने काम गर्दै आएको स्थानीय जनताको आरोप छ ।

गाउँका अगुवाभन्दा दोस्रो स्तरका मान्छेहरूविरुद्ध मुद्दा चलाइएको सुस्तेलीले बताएका छन् । उन्नाइस जनामध्ये समाजमा अगुवा देखिने युवा नै बढी रहेका छन् । क-कसलाई मुद्दा लगाइएको हो, त्योबारे भने स्थानीयवासीले बताउन चाहेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment