Comments Add Comment

१२ वर्षअघिको यस्तो बिहे, जसको विश्वकिर्तिमान अहिलेसम्म तोडिएको छैन

amit_banisaविवाह सबैका लागि सुनौलो सपना हो । सबैले आफ्नो बिहे विशेष होस् भन्ने चाहन्छन् । तर औकात सबैको एउटै हुने कुरो भएन, त्यसैले बिहे पनि सबैको भव्य वा विशेष कसरी होस् ?

तर भारतमा एउटा जोडीले १२ वर्षअघि यस्तो भव्य बिहे गर्यो की उक्त बिहेमा दर्ज भएको विश्वकिर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन । तर विडम्बना यो विवाह विशेष थियो, तथापि यसको अन्त्य भने दुखद रह्यो ।

भारतीय अर्बपति लक्ष्मी मित्तलकी छोरीको विवाह गिनिज बुकमा दर्ज छ । लक्ष्मी मित्तलकी छोरी वनिशा र अमित भाटियाको विवाह सन् २००४ मा भएको थियो । उक्त विवाहमा लक्ष्मी मित्तलले ५ अर्ब १४ करोड भारु खर्च गरेका थिए । उक्त विवाहको दुनियाभर चर्चा भयो । पेरिसमा भयो उक्त विवाह समारोह ६ दिनसम्म चलेको थियो ।

मित्तलका ज्वाइँ बनेका अमित लण्डनमा बैंकर थिए । दुनियाकै सबैभन्दा महंगो विवाहको रुपमा गिनिज बुकमा नाम लेखाउन सफल यो विवाहबाट जोडिएको दाम्पत्य सम्बन्ध भने धेरै दिन टिक्न सकेन ।

सन् २०१४ मा अमित र वनिशाबीच सम्बन्ध विच्छेद भइसकेको छ । दुबैले आपसी सहमतीमै डिभोर्स गरेका बताइन्छ तर कारण भने खुलेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment