Comments Add Comment

‘किङ’को ‘भ्रुम भ्रुम’ गीत सुन्नुहोस्, घन्कन सक्छ पार्टी र डिस्कोमा पनि

nikhil and benisha in king
तपाई कुनै पार्टी वा डिस्कोमा जानुभयो भने, कमै मात्र यस्ता नेपाली गीत छन् जसले स्थान पाउँछन् । हिन्दी र अंग्रेजी गीतले नै नेपालका पार्टी र डिस्कोमा स्थान पाएका छन् ।

नायक निखिल उप्रेती र नायिका वेनिशा हमाल अभिनित चलचित्र ‘किङ’मा समावेश ‘भ्रुम भ्रुम’ बोलको गीतले पार्टी र डिस्कोमा पनि स्थान पाउने संभावना छ ।
युटुबबाट सार्वजनिक गरिएको लिरिकल भिडियोलाई गजबले मिक्सिङ गरिएको छ । केही अंग्रेजी र केही नेपाली शब्द मिसाएर यो गीत तयार पारिएको छ । असोज २१ गते यो चलचित्र रिलिजमा आउने जानकारी पनि गीतसँगै दिइएको छ ।

सुजेन्द्र डी कार्की र विनोद ढकालको शब्द रहेको गीतलाई सुजेन्द्रले नै संगीत दिएका हुन् । विनोद ढकालको गीतमा स्वर छ । जगन श्रेष्ठको प्रस्तुतीमा तयार भएको यो चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् ।

चलचित्रमा अनुपविक्रम शाही, प्रज्वल सुजल गिरी, रुपा राना र जगन श्रेष्ठ मुख्य भूमिकामा छन् । चलचित्रका निर्माता जयन श्रेष्ठ हुन् । चलचित्रको लगानी करोड माथिको रहेको निर्माताको दाबी छ । चलचित्रमा रोशन श्रेष्ठको एक्सन, संजय लामाको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment