Comments Add Comment

जिनस लामा मिस ग्राण्ड नेपाल

Grand-nepalकाठमाडौं । जिनस लामाले मिस ग्राण्ड नेपाल २०१६ को उपाधि जितेकी छिन् । लुक्स इन्टरटेन्मेन्ट (मेरोलूक्स) को आयोजनामा सम्पन्न कार्यक्रममा लामाले उपाधिका साथ ५० हजार नगद प्राप्त गरेकि छिन् । साथै अमेरिकाको लसभेगासमा  अक्टोबरमा आयोजना हुने मिस ग्राण्ड इन्टरनेशनलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने भएकि छिन् ।

मिस ग्राण्ड इन्टरनेशनल २०१५ की विजेता क्लायर एलिजावेथ पार्कर विशेष निर्णयकको रुपमा सहभागि थिइन् । प्रतियोगितामा पुजा श्रेष्ठ फस्ट रनर अप र जोत्सना महर्जन  सेकेण्ड रनर अप भइन् ।

मिस ग्राण्ड नेपाल २०१६मा प्रतियोगि छनौटका लागि काठमाण्डौ, पोखरा, चितवन र इटहरीमा अडिसनको आयोजना गरिएको थियो । जसमा ५०० भन्दा बढिले सहभागिता जनाएका थिए । उनीहरु मध्येबाट १० जना प्रतिस्पर्धि मिस ग्राण्ड नेपाल २०१६ को फाइनलका लागि छनौट गरिएको आयोजक संस्थाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment