Comments Add Comment

११५ केजी गाँजा र पेस्तोलसहित एक पक्राउ

९ भदौ, सप्तरी। सप्तरीको मल्हनवा गाविसबाट ११५ केजी लागुऔषध गाँजा र पेस्तोलसहित एक व्यक्तिलाई प्रहरीले  पक्राउ गरेको छ ।

Sixer-Pestol
फाइल फोटो

विशेष सुराकीका आधारमा सशस्त्र प्रहरी बल दन्तकाली गण बरमझिया र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त टोलीले बुधबार सप्तरीको मल्हनवा–१ बस्ने छोटीलाल भण्डारी मालीको घरबाट ११५ केजी लागुऔषध गाँजा र एउटा सिक्सर पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ ।

साथै, प्रहरीले उनलाई पक्राउसमेत गरेको बताइएको छ । प्रहरीको टोलीले उनकै घरमा लुकाइराखेको नौवटा बोरामा प्याक गरिएको ११५ केजी गाँजा र एउटा सिक्सर पेस्तोल तथा पेस्तोलमा प्रयोग हुने दुई राउन्ड गोली बरामद गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।

त्यस्तै, प्रहरीले दुईवटा नोकिया र एउटा लाभा मोबाइलसमेत फेला पारेको छ । पक्राउ परेका भण्डारी मालीविरुद्ध आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment