Comments Add Comment

एमालेले भन्यो-विचार र व्यवहार मिल्ने हामीसँग आऊ

अन्य पार्टीबाट एमालेमा आउनेलाई दिने जिम्मेवारीबारे गृहकार्य हुँदै

Uml-meet

९ भदौ, काठमाडौं । नेकपा (एमाले)ले विचार मिल्ने बिभिन्न साना राजनीतिक दल र राजनीतिक व्यक्तिहरुसँग पार्टी एकताका लागि पहल शुरु गरेको छ । स्थायी कमिटी बैठकले गठन गरेको महासचिव ईश्वर पोखरेल नेतृत्वको समितिको विहीवार बसेको पहिलो बैठकले त्यस्ता दल र व्यक्तिहरुसँग वार्ता थाल्ने निर्णय लिएको हो ।

आउँदो चुनावमा एमालेको बहुमत ल्याउनका लागि विचार र व्यवहार मिल्ने राजनीतिक दल, समूह तथा व्यक्तिहरुलाई एमालेमा एकतावद्ध गर्न पहल थालिएको महासचिव पोखरेलले बताए ।

बिहीवार बिहान बसेको कार्यदलको बैठकले बलियो राष्ट्रिय राजनीतिक शक्तिका रुपमा नेकपा (एमाले)लाई स्थापित गर्न विभिन्न राजनीतिक दल, समूह तथा व्यक्तिहरुलाई नेकपा (एमाले)मा एकतावद्ध हुँदै राष्ट्र र जनताको चाहना अनुरुप उपरोक्त ऐतिहासिक भूमिकाहरु निर्वाह गर्न अपिल गरेको छ ।

साथै, बैठकले यस प्रयोजनका निम्ति विभिन्न राजनीतिक दल, समूह तथा व्यक्ति-व्यक्तित्वहरुसँग संवादको प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ ।बैठकले यसअघि हाम्रो पार्टीमा समाहित भएका र आगामी दिनमा पार्टीमा समाहित हुने राजनीतिक व्यक्तित्वहरुलाई उचित सांगठनिक जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

कसलाई के जिम्मेवारी दिने भन्ने सन्दर्भमा छलफल र त्यसको गृहकार्य गरी पार्टी स्थायी समितिमा अविलम्ब पेश गर्ने निर्णय गरेको छ ।कार्यदलमा संयोजक पार्टी महासचिव ईश्वर पोखरेल र सदस्यहरुमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, योगेश भट्टराई र राधाकृष्ण मैनाली छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment