Comments Add Comment

कांग्रेसमा भागवण्डा मिल्यो, पौडेल समूहलाई ५ मन्त्री दिन देउवा तयार

Sher Bahadur Deuba and Ramchandra Paudel 2

९ भदौ, काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन र रामचन्द्र पौडेल समूहबीच मन्त्री भागवण्डा मिलेको छ । यससँगै अब कांग्रेसले मन्त्रीहरुको नाम पठाउने तयारी गरेको छ ।

पौडेल निकट स्रोतका अनुसार पार्टी सभापति शेरबहादुर देउवा पाँच मन्त्री दिन तयार भएका छन् । बिहीबार देउवाले पौडेलसँग वार्ता गर्ने जिम्मा सरकारमा पार्टीको नेतृत्व गरेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई खटाएका थिए ।

कांग्रेस नेता नविन्द्रराज जोशीले भने, ‘पाँच मन्त्रालयमा सहमति भयो भन्ने खबर आएको छ ।’

यसअघि पटक-पटक भएको छलफल असफल भएपछि पौडेल समूहले पाँचमन्त्री र चार राज्यमन्त्री नपाए आफ्नो तर्फबाट सरकारमा सहभागी नहुने चेतावनी दिएको थियो । जसका कारण बुधबार मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन ।

पौडेल समूहले पाउने मन्त्रालयहरु भने टुंगिएको छैन । यसबारे छलफल चलिरहेको छ । नेताहरुले आजै सबै टुंग्याउने भनेकाले आजै मन्त्रिपरिषद् विस्तारको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment