Comments Add Comment

सेयर धितो कर्जा अब ५० प्रतिशत मात्रै

९ भदौ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अब सेयर धितोमा ५० प्रतिशतमात्रै ऋण दिनुपर्ने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गरेको कडाइलाई बुधबार निर्देशन जारी गरी कार्यान्वयनमा लगेको हो ।

Shayarराष्ट्र बैंकले जारी गरेको निर्देशनअनुसार अब बैंक तथा वित्तीय संस्थाले पछिल्लो १८० दिनको औसत मूल्य या प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ त्यसको ५० प्रतिशतमात्र सेयर धितोमा ऋण लगानी गर्न पाउने छन् ।

यसअघि १८० दिनको औसत या प्रचलित बजार मूल्यमा जुन कम हुन्छ त्यसको आधारमा बैंकहरुले आफैं जोखिम मूल्यांकन गरेर सेयर धितोमा ऋण लगानी गर्दै आएका थिए । जसअनुसार बैंक तथा वित्तीय संस्थाहरुले सेयर मूल्यको ६० प्रतिशतसम्म कर्जा प्रवाह गर्दै आएका थिए ।

पछिल्लो एक वर्षमा सूचिकृत कम्पनीहरुको सेयर मूल्य आकासिएपछि राष्ट्र बैंकले त्यसबाट हुनसक्ने संभावित जोखिम नियन्त्रणका लागि सेयर धितो कर्जामा कडाई गरेको हो ।

राष्ट्र बैंकको नयाँ निर्देशन पछि बैंकहरुले सेयर धितो कर्जामा प्रवाह गर्ने ऋण लगानी कम्तिमा १० प्रतिशतले घट्ने देखिएको छ । हाल बैंकिङ प्रणालीबाट सेयर धितो कर्जामा करिब ३६ अर्ब रुपैयाँ ऋण लगानी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment