Comments Add Comment

‘जात्रा’को टिजर हेर्नुहोस्, पैसाले दिने खुशी र पीडाको कथा

jatra muhurta
कात्तिक १९ गतेलाई प्रदर्शन मिति तोक्दै चलचित्र ‘जात्रा’को टिजर रिलिज गरिएको छ । चलचित्रको टिजरमा मुख्य कलाकार विपिन कार्कीलाई महत्व दिइएको छ । उनकै वरिपरी रहेर टिजर तयार पारिएको छ ।

चलचित्रको टिजर हेर्दा यसले पैसालाई फोकस गरेको छ । पैसाले हसाउँछ कि रुवाउँछ भन्ने कुरालाई चलचित्रले देखाउन खोजेको वुझ्न सकिन्छ । चलचित्रलाई प्रदिप भट्टराइले निर्देशन गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बाँनियालाई पनि टिजरमा देख्न सकिन्छ ।

चलचित्रको हाल धमाधम सम्पादन भैरहेको छ । टिजरमा चलचित्रका महिला पात्रलाई स्थान दिइएको छैन । असनका ३ व्यापारीको कथामा यो चलचित्र निर्माण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment