Comments Add Comment

ताप्लेजुङमा एकै रात ३ गुम्बाको दान पेटिका चोरी

 

९ भदौ, ताप्लेजुङ । ताप्लेजुङ नगरपालिका क्षेत्र भित्र रहेका बौद्ध गुम्बाहरुमा चोरीको शृङ्खला बढ्न थालेको छ । मंगलबार राति ताप्लेजुङ नगरपालिका भित्रकै तीन वटा गुम्बाको दान पेटिका एकैसाथ चोरी भएको छ ।

Chorताप्लेजुङ नगरपालिका ६ स्थित सुकेटारमा रहेको तासी छ्योर्लिङ गुम्बा, सागा छ्योर्लिङ गुम्बा र निङ्मा छ्योखोलिङ गुम्बामा रहेको दान पेटिका एकसाथ चोरी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यो गुम्बाहरुमा चोरी लागेको यो चौथोपटक हो । तर अहिले सम्म प्रहरीले चोरीमा संलग्न कसैलाई पनि पक्राउ गर्न सकेको छैन । चार पटकनै गुम्बाको ढोका फोडेर चोरी भएको देखिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी रामबहादुर केसीले बताए ।

तीन वटा गुम्बाको दान पेटिकाबाट हाल सम्म दश लाख भन्दा बढि रकम चोरी भएको स्थानीय लामाहरुको अनुमान छ । लामो समयसम्म नखोली राखेको कारण पहिलो पटकमानै ठुलो रकम चोरी भएको र त्यस पछि पनि बाक्लो संख्यामा गुम्बा दर्शन गर्न आउनेहरुले दान पेटिकामा रकम दान गरेकाले ठूलो रकम चोरी भएको उनहिरुको अनुमान छ ।

गुम्बामा दिउँसोको समयमा लामा बस्ने भएका कारण रातको समयमा चोरी हुने गरेको पाइएको डिएसपी केसीले बताए । शेर्पा समुदाय र बौद्ध धर्म मान्नेहरु गुम्बामा दर्शन र पुजाका लागि बढी आउने र मोटो रकम दान पेटिकामा हाल्ने भएकाले चोरको नजर गुम्बाको दानपेटिकामा परेको हुनसक्ने डिएसपी केसीले बताए ।

चोरीमा संलग्नको पहिचान नभएको र गुम्बाहरुमा सीसी क्यामरा समेत नभएकाले चोर समाउन समस्या भएको प्रहरीको दावी छ । ‘एक पटक चोरी भए पछि गुम्बा व्यवस्थापन समिति र लामाहरु पनि सचेत हुनुपर्ने हो, तर त्यस्तो सजकता देखिएन’ डिएसपी केसीले भने ।

गुम्बा रहेको क्षेत्रमानै अस्थाई प्रहरी चौकी पनि भने जिल्ला प्रहरी कार्यालय चोरी भएको गुम्बादेखि दुई किलोमिटरको दुरीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment