Comments Add Comment

शिक्षा मन्त्रालय माओवादीले राख्ने, कांग्रेसले स्वास्थ्य पायो

 

९ भदौ, काठमाडौं । शिक्षा मन्त्रालय अन्ततः सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले नै राख्ने भएको छ ।

Dhaniram-Paudelप्रमुख सत्ता साझेदार कांग्रेसले आन्तरिम समीकरण मिलाउन भन्दै शिक्षा आफूलाई दिन माग गरेको थियो ।

तर, माओवादीले सहमति भइसकेको भन्दै शिक्षा दिन मानेन ।

माओवादीबाट मन्त्री बनेका धनिराम पौडेल अझैसम्म विना विभागीय छन् । उनी नारायणकाजी श्रेष्ठ निकट हुन् ।

यसअघि केपी ओली सरकारमा शिक्षामन्त्री रहेका गिरिराजमणि पोखरेल पनि श्रेष्ठ निकट हुन् । पोखरेलको पालामा ल्याएको शिक्षा ऐन कार्यान्वयन गर्न सजिलो हुने भन्दै श्रेष्ठ समूहले शिक्षा कांग्रेसलाई दिन अस्वीकार गर्दै आएको थियो ।

माओवादी एक नेताका अनुसार शिक्षा माओवादीले राख्ने लगभग निश्चित भएको बताए । कांग्रेसले भने अब स्वास्थ्य लिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment