Comments Add Comment

संविधान खारेज गराउन क्रान्तिको तयारी गरिरहेको वैद्यको दावी

Mohan Baidhya 1

९ भदौ, बुटवल । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले अहिलेको संविधान स्वीकार्य नभएकाले खारेज गर्न माग गरेका छन् ।

उनले संविधान दक्षिणपन्थी नवसंशोधनवादमा आधारित र २०४७ कै निरन्तरता भएको टिप्पणी गरे ।

रुपन्देहीको बुटवलमा बिहीबार आयोजित पत्रकार भेटघाटमा वैद्यले संविधानले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको कुरालाई नसमेटेकाले त्यसको खारेजीकालागि नयाँ जनवादी क्रान्तिको तयारी गरिरहेको बताए ।

अर्को प्रसंगमा उनले नेपाल र भारतबीच भएका सबै असमान सन्धि सम्झौता खारेज गर्नुपर्ने धारण राखे । असमान सन्धि सम्झौता खारेज नहुँदासम्म भारतले नेपालमाथि हेपाहा व्यवहार गरिरहने उनले उल्लेख गरे ।

अध्यक्ष वैद्यले सरकारको विशेष दूत भनेर मन्त्रीहरुलाई चीन र भारत पठाइनु पनि गलत रहेको दोहोर्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment