Comments Add Comment

मकाउमा संगठित भए सुदूरपश्चिमेली

Sudur-Paschim-Samaj-Makau

मकाउ । चीनको विशेष आर्थिक क्षेत्र मकाउमा विभिन्न पेशा तथा व्यवसायमा कार्यरत सुदूरपश्चिमका नेपाली संगठित भएका छन् ।

गएको शनिबार भएको सुदूरपश्चिमेलीहरुको भेलाले पदमसिंह पन्तको अध्यक्षतामा १५ सदस्यीय सुदूरपश्चिमेली सेवा समाजको कार्यासमिति निर्विरोध चयन गरेको हो ।

समितिका उपाध्यक्षमा देवी चन्द, सचिवमा मोहनसिंह पन्त, सहसचिवमा दिनेश ऐर, कोषाध्यक्षमा प्रकाश चन्द र सह-कोषाध्यक्षमा केशव बिष्ट चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा डम्बर गिरी, हिक्मत चन्द, राजन बदेल, राजेन्द्र सिंह धामी र निमबहादुर रेउले छन् ।

मकाउमा रहेका सुदूरपश्चिमेलीहरुको हक हित र आफ्नो कला संस्कृतिलाई मकाउमा चिनाउने तथा प्रवर्दन गर्ने उद्देश्यका साथ आफुहरु संगठित भएको संस्थाका अध्यक्ष पन्तले बताए । ‘आफ्नो मौलिक संस्कृतिमार्फत यहाँ (मकाउ) मा रहेका सुदूरपश्चिमेली र नेपालीको हितमा हामी काम गर्छौं’ पन्तले भने, ‘दुःखमा परेका जो कोही नेपालीको साथमा हामी रहने छौं ।’

मकाउमा झण्डै पाँच हजार नेपाली कार्यरत रहेकामा सुदूरपश्चिमका करिब डेढ सय छन् । क्यासिनो हबका रुपमा स्थापित मकाउमा नेपालीहरु सुरक्षागार्डका साथै होटल र रेष्टुरेन्टहरुमा कुक तथा वेटरको काम गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment