Comments Add Comment

थ्रीस्टार एएफसी कपको प्लेअफ चरणमा प्रबेश

Three-Star-Club

९ भदौ, काठमाडौं । नेपालको लिग च्याम्पियन थ्रीस्टार क्लव एएफसी कप फुटबल प्रतियोगिताको प्ले अफ खेल्न पाउने भएको छ ।

मंगोलियामा भएको प्रतियोगिताको प्ले अफ छनौटमा समूह बी बाट समूह बिजेता बन्दै थ्रीस्टारले अर्को चरणको यात्रा तय गरेको हो ।

बिहीबार एर्चिम र नागावर्ल्डबीचको खेलमा एर्चिमले नागावर्ल्डलाई १-० गोलले हराएपछि थ्रीस्टार दोस्रो चरणमा पुग्ने निश्चित भएको हो ।

थ्रीस्टारले समूहमा १ जित र एक बराबरीपछि ४ अंकका साथ समूह बिजेता बनेको हो । उसले घरेलु टोली एर्चिमलाई २-० ले हराएको थियो भने कम्बोडियाको नागावर्ल्डसँग १-१ को बराबरी खेलेको थियो ।

थ्रीस्टारले अव एएफसी कपको प्ले अफ चरणमा प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment