Comments Add Comment

पौडेल समूहले पाँच मन्त्रीको नाम टुंगो लगायो

९ भदौ, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले आफ्नो भागमा गरेको पाँच मन्त्रीको नाम तय गरेको छ ।

Sitadavi-Yadavबिहीबार विहान मात्र पौडेल समूहलाई पाँच मन्त्रालय दिन कांग्रेस सभापति शेरबहादुर देउवा तयार भएका थिए । लगतै पौडेल समूहले मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

पौडेल निकट स्रोतका अनुसार मन्त्री हुनेहरुमा कोषाध्यक्ष सीतादेवी यादव पनि छिन् ।

यस्तै नविन्द्रराज जोशी, दिपक गिरी, हृदयराम थानी र रोमी गौचन थकालीको नाम तय भएको छ । तर, मन्त्रालय टुंगो लागेको छैन । ‘नाम तय भएको छ । आज साँझ पठाइन्छ र भोलि सपथ हुनेछ’ पौडेल समूहका एक नेताले भनेका छन् ।

कांग्रेस सभापति देउवाले पौडेल समूहलाई सुरुमा तीन मन्त्री मात्र प्रस्ताव गरेका छन् । तर, चार मन्त्री दिँदा पनि पौडेल समूहले मानेन र सरकारमा आफ्नो समूहबाट मन्त्री नपठाउने चेतावनी दिएपछि अन्नत देउवा ५ मन्त्री दिन तयार भएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment