Comments Add Comment

गाम्नागेलाई गोपालराज पन्त स्मृति पुरस्कार

काठमाडौँ । यस वर्षको गोपालराज पन्त स्मृति पुरस्कार हास्यव्यङ्ग्य लेखक लक्ष्मण गाम्नागेलाई दिइने भएको छ ।

Laxman-Gamnageगोपालराज पन्त स्मृति प्रतिष्ठानले सो घोषणा गरेको हो । पुरस्कारको राशि रु ५० हजार रुपैयाँ छ ।

त्यस्तै, नृत्यकलातर्फको ‘सदीक्षा बाल प्रतिभा पुरस्कार’ पूजा महरालाई, चित्रकलातर्फको ‘सीताश्री सम्मान पुरस्कार’ मुना भँडेललाई र ‘मैयाँ वासु पन्त स्मृति सम्मान पुरस्कार’ शिवकुमार श्रेष्ठलाई अर्पण गरिने प्रतिष्ठानले जनाएको छ । सबै पुरस्कारको राशि १० हजार रुपैयाँ छ ।

उपन्यासतर्फ २५ हजार रुपैयाँ राशिको ‘रामराज पन्त स्मृति सम्मान पुरस्कार’ अनिता शर्मा काफ्लेलाई दिइनेछ ।

‘बन्धु पन्त स्मृति सम्मान पुरस्कार’ भने साहित्यिक मासिक पत्रिका ‘भानु’लाई दिइने प्रतिष्ठानले जनाएको छ । पुरस्कारको राशि ५० हजार रुपैयाँ छ ।

समालोचनातर्फ ‘टीका–मुकुन्द पन्त स्मृति पुरस्कार’ डा. कुमार कोइराला तथा अपाङ्गतातर्फको ‘आमा इन्दिरा पन्त स्मृति पुरस्कार’ हिमप्रसाद गौतमलाई प्रदान गरिने भएको छ । दुवै पुरस्कार जनही १० हजार रुपैयाँ राशिका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment