Comments Add Comment

गुम्बाको दानपेटिका चोर्ने ६ पक्राउ, पक्राउ परेकाहरु सबै १५ वर्ष मुनिका

९ भदौ, ताप्लेजुङ । ताप्लेजुङका तीन वटा गुम्बाका दानपेटिका रुपमा चोरी गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु सबै १५ वर्ष मुनिका छन् ।

Taplejung-Policeगुम्बाको दानपेटिका चोरी गर्ने छ जना मध्ये १४ वर्षीय लाक्पा शेर्पा र १५ वर्षी अमिर लिम्बु रहेका छन् । अन्य चार जना १३ वर्ष मुनिका बालकहरु रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । उनीहरुको परिचय प्रहरीले खुलाएको छैन ।

उनीहरु सबैलाई दानपेटिकाको रकम चोरी गरी झापाको विर्तामोड जानेक्रममा ताप्लेजुङ नाङ्खोल्याङस्थित मेची राजमार्ग अन्तर्गत मेवाखा प्रहरी चेकपोष्टबाट पक्राउ गरिएको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी रामबहादुर केसीले जानकारी दिए ।

उनीहरुको साथबाट नगद ७ हजार ३ सय ३६ रुपैयाँसहित तीन थान मोवाइल, चाँदिको चुरा र बच्चाका खेलौना समेत बरामद भएको प्रहरीले बताएको छ ।

नगद सबै निङ्मा छ्योखोर्लिङ गुम्बाको भएको र चोरी भएको भनिएको दुई गुम्बाको दानपेटिकामा भने नगद नभएको उनीहरुले प्रहरीलाई बयान दिएको अनुसन्धानमा संलग्न प्रहरी स्रोतले बताएको छ ।

यसअघिको गुम्बा चोरी र सदरमुकामका केही पसल चोरीमा समेत उनीहरुकै संलग्नता रहेकाले थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

गुम्बा सञ्चालन समिति र लामाहरुले लाखौं रकम चोरी भएको भने पनि उनीहरुको साथबाट ७ हजार ३ सय ३६ रुपैयाँमात्र फेला परेको र करीव दुई हजारमात्र खर्च गरेको पक्राउ परेकाहरुले बताएका छन् ।

ताप्लेजुङ नगरपालिका छ स्थित सुकेटारमा रहेको तासि छ्योर्लिङ गुम्बा, सागा छ्योर्लिङ गुम्बा र निङ्मा छ्योखोर्लिङ गुम्बामा रहेको दानपेटिका केहि महिनायता चारपटक चोरी भइसकेको छ ।

बारम्बार चोरी हुन थालेपछि प्रहरीले चोरीमा संलग्नको पहिचानका लागि विषेश टोलि परिचालन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment