Comments Add Comment

गायक खेमराज गुरुङ सिकिस्त

 

९ भदौ, काठमाडौं । ‘वारि जमुना पारि जमुना’, ‘आलुतामाले’ लगायत चर्चित गीतका गायक खेमराज गुरुङ गम्भीर बिरामी परेका छन् ।

Khemraj-Gurungउनलाई चावहिलस्थित मेडिकेयर अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिंदै छ। जण्डिसको समस्या देखिएपछि उनलाई १० दिनअघि अस्पताल लगिएको थियो ।

स्वास्थ्य बिग्रिँदै गएपछि सघन उपचार कक्ष (आईसीयूमा) राखिएका उनको अवस्था थप नाजुक भएपछि अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको गायक तथा संगीतकार भीषण मुकारुङले अनलाइनखबरलाई बताए ।

चिकित्सकहरुले कलेजो कामै नलाग्ने अवस्थामा पुगेको र मिर्गौलामा पनि समस्या देखिएको बताएका छन् । थप उपचारका उनलाई आज दिउँसो एअर एम्बुलेन्सबाट दिल्लीको मेदान्त अस्पताल लैजाने तयारी गरिए पनि अहिलेको नाजुक अवस्थामा लैजान उपयुक्त नभएको सुझाव चिकित्सकले दिएपछि अन्तिम समयमा रद्द गरिएको थियो ।

‘स्वास्थ्य एकदम कमजोर रहेकोले यो अवस्थामा दिल्लीसम्म पुर्‍याउन पनि कठिन देखिएपछि रद्द गरियो’, मुकारुङले बताए । गायक गुरुङका जीवन, जीवन–२, अनमोल, धरान–पोखरा, सोल्टी, आलुतामा, ढाक्रे र घुमफिर एल्बम निस्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment