Comments Add Comment

प्रधानमन्त्रीलाई वामदेवको ज्ञापन पत्र, केके छन् माग ?

Prachanda-and-Bamdev-Gautam

९ भदौ, काठमाडौं । नेकपा एमालेका कार्यकाहक अध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् ।

गौतम प्युठानको सर्बदलीय टोलीको नेृतत्व गर्दै बालुवाटार पुगेका हुन् । बिहीबार अपरान्ह भएको भेटमा एमाले नेता गौतमले यस वर्षको बाढी पहिरोले प्युठानमा मात्रै ५३ जनाको मृत्यु भएकाले यसलाई गम्भीरतापूर्वक लिन आग्रह गरे ।

ज्ञापनपत्रमा बाढी पहिरोबाट बिस्थापितहरुका लागि खाद्यान्न र सुरक्षित बासको व्यवस्था गर्न, भूगर्वविद् सहितको टोली पठाएर पहिरो रोकथाम र नयाँ बस्तीका लागि अध्ययन गर्न गर्न माग गरिएको छ । साथै बाढीले यातायात बिच्छेद भएकाले सडकको मर्मत गर्न, पुल र कुलो मर्मतको व्यवस्था गर्न, एकीकृत परियोजनामार्फ्त पूनर्निर्माणको व्यवस्था गर्न र बाढी पीडितलाई भूकम्प पीडित सरहको राहत उपलब्ध गराउन माग गरिएको छ । 

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले प्युठानमा गएको भूकम्प र त्यसले पुर्‍याएको मानवीय तथा भौतिक क्षतिको अध्ययन गर्न तत्कालै भूगर्वविद्को टोली पठाउने बताए । उनले भने, ‘क्षतिको प्रकृति हेर्दा प्युठानको बाढी पहिरो सामान्य छैन । यसलाई मैले गम्भीरतापूर्वक हेरेको छु । क्षतिको यथार्थ विवरण संकलन, राहत र पूनर्बासको अध्ययनका लागि तत्कालै भूगर्वविद्सहितको टोली प्रभावित क्षेत्रमा पठाउँछु ।’

आफ्नो नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकबाटै बाढी पहिरोमा परी मृत्यु हुनेका परिवारलाई दिने राहत रकम ४० हजारबाट बढाएर १ लाख पुर्‍याएको निर्णय स्मरण गराउँदै उनले अध्ययनपछि थप राहत र पूनस्र्थापनाको काम गर्ने बताए ।

प्रतिनिधि मण्डलमा एमाले नेता गौतम, माओवादी केन्द्रका नेताहरु रेखा शर्मा, कृष्णध्वज खड्का, कांग्रेसका मुक्तिप्रसाद शर्मा, नयाँ शक्ति नेपालका नवराज सुवेदी, राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल लगायत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment