Comments Add Comment

कांग्रेसको भागमा दुई मन्त्रालय थपियो, १३ मन्त्री टुंगो लाग्यो

९ भदौ, काठमाडौं । सरकारको प्रमुख घटक नेपाली कांग्रेसको भागमा दुई मन्त्रालय थपिएको छ । यससँगै उसले १३ मन्त्रीको नाम टुंगो लगाएको छ । सपथ भोलि विहान ९ बजेका लागि तय भएको छ ।

माओवादी र कांग्रेसबीच सुरुमा ८ र १३ मन्त्रालय बाँडफाँड भएको थियो । तर, कांग्रेसभित्रको अन्तरिक भागवण्डा मिलाउन थप दुई वटा मन्त्रालय दिने समझदारी भएको छ ।

यसरी भयो भागशान्ति जय नेपाल !

लामो विवादपछि रामचन्द्र पौडेल समूहलाई पाँच मन्त्रालय दिन देउवा तयार भएका छन् । पौडेललाई एक मन्त्रालय थप्नु अघि उपप्रधान तथा विमलेन्द्र निधिले प्रधानमन्त्री प्रचण्डलाई भेटेर पार्टीको भागमा एक मन्त्रालय थप गराएका थिए ।

५ मन्त्रालय नपाएर सरकारमै नजाने धम्की दिएपछि अन्ततः पाँचवटा मन्त्रालय दिएर सभापति देउवाले पौडेल समूहको असन्तोषलाई मथ्थर पारेका छन् ।

कांग्रेसमा रामचन्द्र पौडेल समूहबाट पाँच तथा कृष्ण सिटौला र खुमबहादुर खड्का समूहबाट एक-एक मन्त्री हुँदैछन् । बाँकी ६ मन्त्री भने संस्थापन समूहबाट चयन भएका छन् ।

को-को हुँदैछन् मन्त्री ?

congress-mantri-final

पौडेल समूहले पाँच मन्त्रीको नाम पनि तय गरेको छ ।  पौडेल निकट नेताहरुका अनुसार विहीबार साँझसम्म मन्त्रीहरुको नाम पार्टी सभापति देउवालाई बुझाइएको छ । नेताहरुका अनुसार पौडेल समूहबाट सीतादेवी यादव, नविन्द्रराज जोशी, दिपक गिरी, रोमी गौचन थकाली र हृदयराम थानी मन्त्री बन्ने भएका छन् ।

पार्टी सभापतिको समूहबाट अर्जुननरसिंह केसी, प्रकाशशरण महत, बालकृष्ण खाँड, जीवनबहादुर शाही, केशव बुढाथोकी र सूर्यमान गुरुङ मन्त्री बन्दैछन् । पौडेल समूहबाट सीतादेवी यादव, नविन्द्रराज जोशी, दिपक गिरी, हृदयराम थानी र रोमी गौचन थकालीको नाम सिफारिस भएको छ ।

खुमबहादुर खड्का समूहबाट शंकर भण्डारी र कृष्ण सिटौला समूहबाट गगन थापा मन्त्री बन्ने छन् ।

कांग्रेसका तर्फबाट विमलेन्द्र निधि उपप्रधान तथा गृह मन्त्री र रमेश लेखक भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री भइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment