Comments Add Comment

बार्सिलोना र ग्वार्डिओलाको सिटी समूह चरणमै भिड्ने

Barca-Vs-Man-city

९ भदौ, काठमाडौं । बार्सिलोना र पेप ग्वार्डिओलाको म्यानचेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको समूह चरणमै भिड्ने भएका छन् ।

बुधबार राति लिगको ड्र सार्वजनिक गरिएको छ । जसमा बार्सिलोना र क्लबका पूर्व प्रशिक्षक ग्वार्डिओलाको सिटी समूह सीमा परेका छन् । यो समूहमा स्कटिस च्याम्पियन सेल्टिक र जर्मन क्लब बोरुसिया मानचाङलेबाख पनि छ ।

बार्सिलोनामा निकै सफल रहेका ग्वार्डिओला यो सिजन मात्र बार्यन म्युनिखबाट म्यानचेष्टर सिटी आएका हुन् । २००८ देखि १२ सम्ममा बार्सिलोनालार्ए १४ उपाधि दिलाएका उनले २००९ र ०११ मा च्याम्पियन्स लिग जितेका थिए ।

तर, सिटीमा आएपछिको पहिलो च्याम्पिन्यस लिगमा नै उनको क्लबको भेट नै पूर्व क्लबसाग हुने भएको छ ।

समूह ए मा पेरिस सेन्ट जर्मेन, आर्सनल, बाजन र लुडोगोरेस्ट छन् भने समूह बीमा बेन्फिका, नापोली, डाइनामो किच र डिनामो जाग्रेब छ ।

यस्तै समूह डीमा बार्यन म्युनिख, एथ्लेटिको मडि्रड, पीएसभी र रोस्तोभ छन् भने समूह ईमा साविकको विजेता रियल मड्रिड, बोरुसिया डर्टमुन्ड, स्पनेटिङ लिस्बोन र वार्साव छन् भने समूह जीमा लिसेस्टर सिटी, पोर्टो, क्लब बर्ग र एफसी कोपनगेहन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment