Comments Add Comment

यात्रु बस त्रिशुली नदीमा खस्यो, यात्रुको अवस्था अज्ञात

१० भदौ, काठमाडौं । रौतहटबाट पोखराका लागि छुटेको यात्रुबाहक बस शुक्रबार बिहान मुग्लिन नजिकै दुर्घटनामा परेको छ ।

Bus-Accident-File-Photo
फाइल तस्वीर

ग १ ख ३७०९ नम्बरको बस मुग्लीनको कालीखोला क्षेत्रबाट त्रिशुली नदीमा खसेर डुबेको छ । बसमा कम्तिमा ४० यात्रु रहेको र उनीहरुको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।

बसको केही भागमात्र नदी बाहिर देखिएकाले हताहतीको संख्या धेरै रहेको अनुमान प्रहरीको छ ।

नेपाल प्रहरी सञ्चार शाखा मुग्लीनले दिएको जानकारी अनुसार बस नदीमा डुबेकाले बसको नम्बर लगायतका अन्य जानकारी आएको छैन ।

नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा उद्धारमा खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment