Comments Add Comment

क्रिकेटका नाममा ‘मानव तस्करी’

गैरखेलाडीलाई लगेको आरोप

१० भदौ, काठमाडौं । जापानमा हालै सम्पन्न एक मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपालका तर्फबाट सहभागी हुन गएका टोलीमा केही गैर खेलाडीलाई समेत सहभागी गराएको र उनीहरूलाई जापानमै छोडेर आएको आशंकामा छानबिन अघि बढाउन अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसिसिले नेपाली क्रिकेटका सरोकारवालालाई निर्देशन दिएकोछ ।

cricket-ball-n-batयस विषयमा युवा तथा खेलकुद मन्त्रीले समेत विशेष चासो देखाउँलै छानबिन प्रक्रिया अघि बढाएका आजको अन्नपूर्णमा समाचार छ ।

गत जुलाई १५ मा नेपालको बेस्ट फुटबल क्रिकेट -एफसी) काठमाडौं क्लबले सातजना राष्ट्रिय खेलाडीसहित १८ सदस्यीय टोली जापान लिएर गएको थियो ।

जापानमा उनीहरूले स्थानीय क्लबसँग दुई दिनमा तीनवटा म्याच खेलेका थिए । उक्त मैत्रीपूर्ण म्याचका लागि सिनियर नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य सिद्धान्त लोहनीसहित यु १९ टोलीका प्रेम तामाङ, अमित श्रेष्ठ सौरभ खनाल, फैजल खान रामनरेश गिरी र राष्ट्रिय खेलाडी सोनु तामाङ जापान गएका थिए।

मैत्रीपूर्ण खेलका लागि जापान गएका सातै जना खेलाडी र अन्य दुई पदाधिकारी पाँच दिनको बसाइपछि नेपाल फर्किएका थिए । टोलीसँगै गएका अन्य नौ सदस्य भने आफूसँग नेपाल नफर्किएको एक खेलाडीले बताए ।

ती खेलाडीका अनुसार जापान गएका अन्य नौमध्ये दुईजनाले मात्र त्यहाँ मैत्रीपूर्ण खदेल खेलेका थिए भने अर्का एक जनाले एक खेलमात्र खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment