Comments Add Comment

त्रिशुलीको विभत्स दुर्घटनाः जसको तस्वीर प्रकाशन गर्न सकिएन

muglin bus accident2१० भदौ, काठमाडौं । काभ्रेको बिर्ता देउरालीमा बस दुर्घटनामा परी २७ जनाको मृत्यु भएको ११ दिन नपुग्दै त्रिशुली नदीमा बस खस्दा शुक्रबार बिहान २१ जनाको मृत्यु भएको छ । त्यति नै संख्यामा यात्रुहरु घाइते बनेका छन् ।

राजमार्गबाट २ सय मिटर तल खसेको बस त्रिशुली नदीमा डुबेको छ । मृतकहरुको क्षतविक्षत शरीर दृश्य यति कहालीलाग्दो छ कि हाम्रा फोटोग्राफरले खिचेका तस्वीरहरु प्रकाशन गर्नसमेत सकिने खालका छैनन् ।

नागरिहरुको यति ठूलो संख्यामा भएको हताहतीका कारण शीतल निवासमा आजै आयोजना गरिएको १३ मन्त्रीको सपथ ग्रहण एवं खुशीयाली समेत दबेको छ ।

नयाँ मन्त्रीको जिम्मेवारी पाएर सिंहदरबारको कुर्सीमा पुग्नेहरुले उन्मुक्त ढंगबाट खुशी मनाउन नपाउने सम्वेदना सिर्जना गरिदिएको छ यो दुर्घटनाले । नयाँ मन्त्रीहरुले खुशी हुनुभन्दा पहिले शोक वक्तव्य जारी गर्नुपर्ने अवस्था आइलागेको छ । सामाजिक सञ्जालमा पनि मन्त्रीको बधाइले भन्दा दुर्घटनामा पर्नेहरुप्रतिको सम्वेदनाले प्राथमिकता पाउनु स्वाभाविकै हो ।

रौतहटबाट पोखराका लागि छुटेको बस भएकाले घटनामा तराई मधेस र पोखरातिरका मानिसहरु बढी परेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

यद्यपि सबै मृतकहरुको सनाखत हुन सकेको छैन । केहीको मात्रै नाम खुलेको छ । घटनास्थलमा प्रहरीले मृतकहरुको सनाखत गर्ने र घाइतेहरुको उद्धार गर्ने कार्य गरिरहेको छ । यथार्थ विवरण संकलनका लागि अनलाइनखबर सहकर्मी राजेन्द्र आचार्य पनि घटनास्थलमा पुगिसकेका छन् ।

काभ्रेको बिर्तादेउराली कच्ची सडक थियो । तर, मुग्लिन काठमाडौं सडक खण्ड धेरै पुरानो हो । यद्यपि यहाँको बाटोको स्तरोन्नतिमा राज्यले बेलामा ध्यान दिन सकेको छैन ।

यो पनि पढ्नुहोस्

त्रिशुलीमा बस खस्यो, २१ को मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment