Comments Add Comment

बस दुर्घटनामा ११ घाइतेको नामावली प्राप्त, वालवालिका समेत परे

गाडीका सहचालक भेटिए, चालकको अवस्था अझै अन्योल

१० भदौ, चितवन । त्रिशुलीमा भएको बस दुर्घटनामा वालवालिका समेत घाइते बनेका छन् । चितवन अस्पतालमा भर्ना भएका केही घाइतेहरुको विवरण अनलाइनखबरले प्राप्त गरेको छ ।

चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका ९ जना घाइतेमा वालवालिका समेत छन् ।
अस्पतालमा ५ वर्षीया वालिका स्वेता गुप्ता र ९ वर्षकी निली साहलाई भर्ना गरिएको छ । त्यस्तै अर्का ५ वर्षका वालक प्रिन्स साह पनि अस्पतालमा भर्ना भएका छन् ।

अस्पताल भर्ना गरिएका दुई वर्षका एक शिशुको भने नाम नखुलेको छैन ।

त्यस्तै घाइते अवस्थामा अस्पताल भनाए गरिएकाहरुमा गौर नगरपालिका निवासी सुसन श्रीवास्तव र भारत घर भएका १८ वर्षका रोशन गुप्तासमेत छन् ।

धादिङ घर भएका गाडीका सहचालक ३० वर्षका राजन पाण्डे पनि घाइते अवस्थामा अस्पताल भर्ना भएका छन् । बस चालकको अवस्था भने खुलेको छैन ।

त्यस्तै पोखरा नगरपालिका बस्ने निमिका थापा पनि अस्पताल भर्ना भएकी छिन् । बारा निजगढका २८ वर्षका रोशन गुप्ता पनि चितवन मेडिकल कलेजमा भर्ना भएका छन् ।

रौतहटका ४० वर्षीया सन्देश साह र सर्लाहीका २५ वर्षीय अविनाश चौधरी चितवनको पुरानो मेडिकल कलेजमा उपचाररत छन् ।

अहिलेसम्म १७ जना घाइते भनिए पनि अस्पतालमा ११ जनामात्रै ल्याइपुर्‍याइएको छ । चितवनका तीनवटा अस्पतालमा घाइतेलाई राखिएको छ । बिहान साढे ३ बजेतिर दुर्घटना भएको बताइएको छ ।

मृतकहरुको भने अहिलेसम्म सनाखत हुन सकेको छैन । प्रहरीले सनाखत प्रयास जारी राखेको छ ।

यो पनि पढ्नुहोस्

त्रिशुलीको विभत्स दुर्घटनाः जसको तस्वीर प्रकाशन गर्न सकिएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment