Comments Add Comment

राजनीतिक स्थिरताका लागि दलहरु एकजुट हुनुपर्छ: सिंह

१० भदौ, काठमाडौं । नेपाल महिला संघकी स्थापक नेतृ स्वर्गीय मंगलादेवी सिंहको २१ औं स्मृति दिवस शुक्रबार बिभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

Prakashman-Sing-and-Mangalaदिवसको अवसरमा शुक्रबार बिहान शोभाभगवतीस्थित सिंहको शालिकमा माल्यार्पण कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको लोकतान्त्रिक आन्दोलनमा मंगलादेवी सिंहको योगदानको जति नै चर्चा गरेपनि कम हुने बताए ।

कांग्रेस नेता सिंहले महिलाहरुको हकहितकालागि जहानियाँ राणा शासकहरुबिरुद आन्दोलन गर्नु आफैंमा जोखिमपूर्ण काम भएको बताए । उनले भने, ‘महिलाको हक हितका निम्ति राणाशासकका विरुद्ध लड्नु आफैंमा जोखिमपूर्ण काम रहेपनि उहाँले लोकतन्त्रका लागि ठूलो जोखिम मोल्नुभयो ।’

नेपालको राष्ट्रिय राजनीतिमा अझै पनि चुनौति रहेकाले चुनौतिको सामना गरेर मुलुकलाई राजनीतिक स्थिरता तर्फ लैजान दलहरु एक भएर लाग्नुपर्ने उनले बताए ।

नेपाल महिला संघले आफ्नो संस्थापक नेताको स्मृतिमा देशभर आज विभिन्न कायक्रम आयोजान गरेको छ ।

मंगलादेवी सिंह कांग्रेसका सर्वमान्य नेता एवम् लौह पुरुष गणेशमान सिंहकी श्रीमती हुन् । प्रकाशमान सिंह गणेशमान र मंगलादेवीका छोरा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment