Comments Add Comment

खेमराज गुरुङको निधनप्रति लोकगायक प्रेमराजा महतद्वारा समवेदना व्यक्त

Prem-Raja-Mahat

वाशिंगटन डिसी । अमेरिका मेरिल्याड तथा पेन्सेलभेनियाका लागि नेपाल सरकारका महावाणिज्यदूत तथा वरिष्ठ लोक गायक प्रेम राजा महतले प्रसिद्ध गायक खेम राज गुरुङको निधनप्रति गहिरो दुख प्रकट गर्दै समवेदना व्यक्त गरेका छन् ।

४२ बर्ष को अल्पायुमा सदाको लागि हामी सबैलाई छोडेर गएका वारी जमुना पारी जमुना गीत बाट शिखरमा पुगेका गायक खेम राज गुरुङको दुखत समाचारले शोककुल बनेको महतले बताएका छन् ।

आफु पनि लोक गायक भएकोले नेपालमा ५/६ बर्ष अगाडी भेटेको सम्झना गर्दै एउटा होनहार कलाकारले यति चाँडो संसार छोड्दा अत्यन्तै दुख लागेको महतको भनाइ छ ।

‘उहाँ गएपनि उहाँका कृतिहरु हामीसँग छ ।’ महतले भने, ‘यस दुःखद घडीमा समबेदना गर्दै आफुले केही सहयोग गर्न पनि तयार छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment