Comments Add Comment

अध्ययन भन्छ, पहिलो होइन चौथो नजरमा मात्र हुन्छ प्रेम

loveफिल्महरुमा  तपाइँले धेरै डाइलग सुन्नुभएको होला, पहिलो नजरमै तिमीसँग माया बस्यो । तर यो भनाइमा कत्तिको सत्यता छ ? के पहिलो नजरमै प्रेम बस्न सम्भव छ त ? आउनुस् जानौँ ।

प्रेममा परेका धेरैको दाबी हुन्छ की प्रेम भन्ने कुरा पहिलो नजरमै हुन्छ । अर्थात् प्रेम बस्नु छ भने कसैलाई पहिलो चोटी देख्दैमा प्रेमको भाव अंकुरित भैहाल्छ । तर यो वास्तवमा सत्य होइन । प्रेम भन्ने कुरा पहिलो होइन चौथो हेराइमा मात्र बस्ने तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

शोधकर्ताहरुका अनुसार कसैसँग प्रेम हुनका लागि एक वा दुइपटक होइन कम्तिमा ४ पटक सम्म भेट हुनु आवश्यक हुन्छ । पहिलो नजरमा प्रेम भन्नु केवल भ्रम मात्र हो ।

अमेरिकाको न्युयोर्कस्थित ह्यामिल्टन कलेजका मनोवैज्ञानिकहरुले युवायुवतीहरुको एक टिम बनाए । उक्त समूहका सदस्यहरुलाई विपरित लिंगी जवान युवक तथा युवतीहरुको तस्वीर देखाइयो । समूहका युवायुवतीहरुको मस्तिष्कको गतिविधि तथा विपरित लिंगीको तस्वीर हेरिसकेपछि मस्तिष्कमा उत्पन्न हुने भाव हेर्नका लागि उनीहरुको मस्तिष्कलाई विशेष प्रविधिमार्फत एक मनिटरमा जोडियो ।

अध्ययनको नतिजाले के देखायो भने पहिलोपटक विपरित लिंगीको तस्वीर हेर्दा मस्तिष्कमा थोरै मात्र हलचल आयो । जब दोश्रो पटक तस्वीर देखाइयो तब आकर्षणको रेटिंगमा वृद्धि भयो । तेश्रो पटक तस्वीर देखाउँदा दिमागी हलचल अझै बढेको देखियो मनिटरमा । तर जब चौथो पटक तस्वीर देखाइयो सहभागी युवायुवतीहरुको मस्तिष्कको एउटा हिस्सा हठात् सक्रिय बन्यो जुन भागले मानिसमा आनन्द तथा उत्तेजना पैदा गर्दछ ।

त्यसैले प्रेमको भाव प्रकट गर्ने मस्तिष्कको भागलाई सक्रिय बनाउनका लागि कम्तिमा चार पटक कसैलाई देख्नु वा भेट्नु आवश्यक रहेको निष्कर्ष शोधकर्ताहरुले निकालेका छन् । त्यसैले यदि कसैले तपाइँलाई पहिलो नजरमै प्रेम बसेको भनेर फकाउन खोज्छ भने पत्याउन भएन, कि कसो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment