Comments Add Comment

चितवन बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

दुर्घटना न्यूनिकरण गर्न नयाँ शक्तिले गरायो सरकारको ध्यानाकर्षण

Pushpakamal-Dahal-Prachanda,-PM-of-Nepal

१० भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको चण्डिभञ्ज्याङ गाविसमा शुक्रबार भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घाइतेको उद्धार, खोज र उपचारका लागि प्रशासन र पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।

रौतहटबाट पोखरा जाँदै गरेको बस शुक्रबार चण्डिभञ्ज्याङको कालिखोला भन्ने स्थानबाट त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या २१ पुगेको छ ।


प्रधानमन्त्री प्रचण्डले ट्वीट गरेका छन्, ‘त्रिशुली नदीमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेको उद्धार, खोजबिन, उपचारका लागि प्रशासन र पार्टी पंक्तिलाई निर्देशित गर्दछु ।’

दुर्घटना न्यूनिकरण गर्न सरकारको ध्यानाकर्षण

यसैबीच नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले पनि विज्ञप्ति निकालेर घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै तत्काल उद्धार र उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । यसैगरी नयाँ शक्ति नेपालका स्थानीय पार्टी पंक्तिलाई उद्धारमा सक्रियतापूर्वबक सघाउन पनि निर्देशन दिइएको छ ।

नयाँ शक्ति नेपालले सडक दुर्घटना न्यूनिकरण गर्न सरकारको ध्यानाकर्षण पनि गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment