Comments Add Comment

यूवराजलाई जन्मदिनमा ‘पलाँस’ निर्मात्रीको गीतार उपहार

yubraj birthday celibration
गायक यूवराज चौलागाई नेपाली सांगीतिक क्षेत्रको उडानमा अहिले दरिलो तरिकाले उडिरहेका छन् । यूवराजले भदौ ९ गते कृष्ण जन्माष्टमीको दिन आफ्नो जन्मदिन त विभिन्न स्थानमा मनाए ।

तर, चलचित्र ‘पलाँस’की निर्मात्री कृषा चौलागाइले उनको सरप्राइज जन्मदिन सेलिब्रेशन गरिन् । यूवराजले कृषाको यो चलचित्रमा पनि आवाज दिएका छन् । निर्मात्री चापागाइले यूवराजलाई जन्मदिनमा केक र गितार उपहार दिइन् । एउटा गायकका लागि यो भन्दा ठूलो उपहार अरु के हुन सक्ला र ?

आफ्नो जन्मदिनमा यती अमुल्य उपहार पाएकोमा यूवराज खुशी देखिए । उनले यसप्रकारको माहोल होला भनेर नसोचेको बताए । जन्मदिनको माहोलमा यूवराजले ‘पलाँस’ चलचित्रको गीत पनि गाएका थिए । बहिनीबाट पाएको उपहार आफ्ना लागि विशेष भएको उनले प्रतिक्रिया दिए ।

यूवराज चलचित्र ‘क्लासिक र नोभेम्बर रेन’को गीत गाएपछि चर्चामा छन् । यूवराजले ‘पलाँस’ चलचित्रमा समावेश आफूले गाएको गीत पनि दर्शकका लागि विशेष हुने बताए ।

रेखा थापा, अयुव केसी, कामेश्वर चौरासियाले अभिनय गरेको चलचित्र ‘पलाँस’ टिजर सार्वजनिक भएसँगै चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment