Comments Add Comment

करिब पाँच अर्ब ५० करोडको मल आयात

rasayanik-mal-chemical-fert
१० भदौ, काठमाडौं। कृषि विकास मन्त्रालयले अहिले रासायनिक मलको अभाव नरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा योगन्द्र कार्कीका अनुसार डिएपी, पोटास र युरिया मलको अभाव हुन नदिनका लागि कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनलाई करिब तीन लाख मेट्रिक टन मल आयात गर्न परिपत्र गरिएको छ ।

संस्थान र कर्पोरेसनले सरकारी अनुदानमा सो परिमाणको मल ल्याउनेछन् । अनुदानमा आएको मलमा कृषकले समेत निश्चित रकम छुट प्राप्त गर्नेछन् । मुलुकमा करिब पाँच लाख मेट्रिक टन मलको माग हुने गरेकामा नपुग मल निजी क्षेत्रका कम्पनीले आयात गरी केही महङ्गो मूल्यमा बिक्री गर्ने गर्दछन् ।

नेपालमा करिब १४ लाख २५ हेक्टर जमिन धान खेतीका लागि योग्य मानिएको छ । धान खेतीको समयमा केही मलको अभाव देखिएकाले सीमा क्षेत्रका जनताले आवश्यक मल साइकलमा ओसारेर पनि रोपाइँ सम्पन्न गरेका थिए ।

मन्त्रालयका प्रवक्ता कार्कीले सरकारी अनुदान अन्तर्गत गत आवमा करिब पाँच अर्ब ५० करोड रूपैयाँको मल आयात गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment