Comments Add Comment

दौरा सुरुवालमा सजिएर कांग्रेस मन्त्रीहरुले लिए सपथ

Congress-Ministers

१० भदौ, काठमाडौं । नेपाली कांग्रेसबाट छानिएका १३ मन्त्रीहरुले शुक्रबार पद तथा गोपनियताको सपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएकी हुन् ।

सरकारमा कांग्रेसका अर्जुननरसिंह केसी, सितादेवी यादव, डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, सुर्यमान गुरुङ, शंकर भण्डारी, नविन्द्रराज जोशी र गगन थापा थपिएका छन् ।

यसैगरी केशव कुमार बुढाथोकी, दीपक गिरी, रोमी गौचन थकाली र हृदयराम थानी पनि मन्त्री बनेका छन् ।

सपथ ग्रहणमा सितादेवी यादवले सारी र खरानी रंगको कोट लगाएकी थिइन् भने अन्य सबैले दौरा सुरुवाल लगाएका थिए ।

सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती लगायतको उपस्थिति थियो ।

सरकारमा यसअघि नै कांग्रेसका विमलेन्द्र निधि र रमेश लेखक मन्त्री छन् ।

आज सपथ लिएका कांग्रेसका मन्त्रीहरुको नाम र उनीहरुले जिम्मेवारी पाएको मन्त्रालय 

Congress-Ministers

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment