Comments Add Comment

खेमराजको निधनमा एमालेले भन्यो- उनी स्रष्टामात्र होइन राजनीतिक अभियन्ता पनि थिए

बस दुर्घटनाका घाइतेको उपचारमा ध्यान दिन सरकारलाई आग्रह

UML-Central-Office

१० भदौ,काठमाडौं । नेकपा एमालेले गायक खेमराज गुरुङको निधनबाट मुलुकले सम्भावना बोकेको स्रष्टा र पार्टीले एक योग्य कार्यकर्ता गुमाउनु परेको भन्दै दुःख प्रकट गरेको छ । पार्टी सचिव योगेश भट्टराईले शुक्रवार शोक वक्तव्यमार्फत गुरुङको निधनप्रति दुःख प्रकट गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ- आम मानिसहरुलाई छुने भाका र शब्दमा गीत गाएर अत्यन्त लोकपि्रय हुनुभएका कलाकार गुरुङ मुलुकको एकजना आशालाग्दो प्रतिभा मात्र हुनुहुन्नथ्यो, सामाजिक जागरण र राजनीतिक परिवर्तनको आन्दोलनका अभिन्न सहयात्री पनि हुनुहुन्थ्यो ।

गायक खेमराज गुरुङले अनेरास्ववियु जिल्ला कमिटी सदस्य, जनसांस्कृति मन्चको जिल्ला अध्यक्ष र संँखुवासभा खाँदवारी नगर कमिटी सस्यको जिम्मेवारी निर्वाह गरेको एमालेले जनाएको छ ।

‘उहाँले राजनीतिक पूर्वाग्रहका कारण झुटा मुद्दा झेलेर तीन वर्ष जेल जीवन पनि बिताउनुभएको थियो,’ शोक वक्तव्यमा भनिएको छ ।

शुक्रवारै रौतहटबाट पोखरातर्फ गइरहेको बस मुग्लिङ-नारायणगढ खण्डमा दुर्घटना परी २० जनाभन्दा बढीले ज्यान गुमाएकोमा समेत एमालेले चिन्ता र दुःख व्यक्त गरेको छ ।

सडक यातायात क्षेत्र असुरक्षित बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै एमालेले घाइतेहरूको उपचारको प्रबन्ध गर्न र यस्ता दुर्घटना न्यूनीकरणका लागि आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।

सचिव भट्टराईले एमाले केन्द्रीय सदस्य तथा दैलेख क्षेत्र नम्बर २ का सांसद लक्ष्मीप्रसाद पोखरेललाई मातृ शोक परेकोमा समेत समवेदना प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment