Comments Add Comment

शनिवारदेखि पाथिभराका तिर्थयात्रीको हातमा ट्रेकिङ स्टिक

Pathivara-Trekking-Stick

१० भदौ, ताप्लेजुङ । ताप्लेजुङको प्रख्यात धार्मिक तिर्थस्थल पाथिभरा जाने तिर्थयात्रीले पैदल यात्राका क्रममासुविधा युक्त (फोल्डिङ, ट्रेकिङ स्टिक) लठ्ठी शनिबारदेखि प्रयोग गर्न पाउने भएका छन् ।

तिर्थयात्रीले पैदल यात्रा सुरु गर्ने तल्लो फेदिबाट पाथिभरा दर्शन गरी पुन सोही स्थानसम्मका लागि लठ्ठी प्रयोग गर्न पाउनेछन् ।

पाथिभराको विकासका लागि गठित सरकारी समिति, पाथिभरा क्षेत्र विकास समितिले खरिद गरेको पाँच सय थान लठ्ठी शुक्रबार विहान एक कार्यक्रमकाबीच ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले तिर्थयात्रीलाई वितरणका लागि सिम्बु सामुदायिक बनका अध्यक्ष प्रेम सेम्बुलाई हस्तान्तरण गरे । लठ्ठी शनिवार विहानैदेखि तिर्थयात्रीलाई वितरण गरीने सेम्बुले बताए ।

पाथिभरा मन्दिर पुग्न तिर्थयात्रीले सवारी साधनबाट उत्रेपछि तल्लो फेदिबाट करीव तीन घण्टा उकालो पैदल यात्रा गर्नुपर्ने भएकाले तिर्थयात्रीको यात्रा सहजता साथै सामुदायिक बन जोगाउनका लागि ट्रेकिङ स्टिक वितरण गर्न लागिएको पाथिभरा क्षेत्र विकास समितिका अध्यक्ष सजन पौडेलको बताए ।

दुई लाख पचास हजार बराबरको लठ्ठी तिर्थयात्री हिड्न सुरु गर्ने स्थानमा राखिने र पाथिभराको दर्शन पश्चात फर्किएपछि पुन फिर्ता गर्ने गरी सामुदायिक बनलाई प्रदान गरीएको समितिका कार्याकारी निर्देशक उदय भट्टराईले जानकारी दिए । तिर्थयात्रीको चाप बढे र लठ्ठी अपुग भए पुनः खरिद गर्ने भट्टराईको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment