Comments Add Comment

त्रिशुली बस दुर्घटनामा मृतकको संख्या २२ पुग्यो, ७ को सनाखत

muglin bus accident 1

१० भदौ, चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा शुक्रबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेहरुको संख्या २२ पुगेको छ । मृतकमध्ये सात जनाको सनाखत भएको छ ।

दुर्घटनाग्रस्त बसको पाङ्ग्रामा किचिएको अवस्थामा दिउँसो एक बजे एक महिलाको शव भेटिएपछि मृतकको संख्या २२ पुगेको नारायणी अञ्चल प्रहरी कार्यालय प्रमुख एसएसपी नारायणसिंह खड्काले अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार सनाखत हुनेहरुमा रौतहट महमदपुर ८ का २४ वर्षीय प्रमोद राम, रौतहट लौकाहाका राकेश यादव, कटारीया ९ रौतहटका ३४ वर्षीय व्रजकिशोर कुसवाहा, बसन्तपुर १ का २५ वर्षीय गणेशकुमार साह रहेका छन् ।

यसैगरी मधुवल्ला ३ का ३७ वर्षीय चितरञ्जन यादव, मधुवल्ला ६ का ३३ वर्षीय राजेशकुमार यादव र ठेगाना नखुलेको तर नेपाल खानेपानी संस्थानको कार्यालय सहायकको परिचयपत्र भएको जोकु साहको शव फेला परेको छ ।

दुर्घटनास्थलमा चितवन प्रहरी प्रमुख एसपी बसन्तबहादुर कुँवर, चितवन ट्राफिक प्रहरी प्रमुख राजन भेटवाल, इलाका प्रहरी कार्यालय मुग्लीनका प्रमुख योगेन्द्रबहादुर हमाल र कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद व्यवस्थापन केन्द्रको टोली दुर्घटनास्थलमा छन् ।

रौतहटबाट पोखरा जाँदै गरेको ग १ ख ३७०९ नम्बरको बस शुक्रबार बिहान पाँच बजे चण्डिभञ्ज्याङ ६ कालिखोला भन्ने स्थानबाट झण्डै एक सय मिटर तल त्रिशुली नदीमा खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment