Comments Add Comment

एनआइसी एसिया बैंकले लगानीकर्तालाई २६ प्रतिशत बोनस सेयर दिने

१० भदौ, काठमाडौं । एनआइसी एसिया बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २६ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि १.३७ प्रतिशत गरी जम्मा २७.३७ प्रतिशत लाभांस दिने भएको छ । गत वर्ष बैंकले १ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको थियो ।

NIC-Asia-Bankबैंकको शुक्रबार बिहान बसेको २७९औं सञ्चालक समितिको बैठकले लाभांस दिने घोषणा गरेको हो । नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति र एनआइसी बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै वितरण गरिने छ ।

बोनस सेयरका साथै बैंकले १५ प्रतिशत हकप्रद सेयर दिने निर्णयसमेत गरेको छ ।

हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ५६ करोड रुपैयाँ छ बोनस सेयर र हकप्रद सेयर वितरणपश्चात चुक्ता पुँजी ६ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ ।

०७४ असार मसान्तसम्ममा ८ अर्ब रुपैयाँ पुर्‍याउनका लागि बैंकलाई थप १ अर्ब ३८ करोड रुपैयाँ आवश्यक पर्ने देखिन्छ । त्यसका लागि बैंक मर्जर वा एक्वायरमा जानुपर्ने हुन्छ ।

साथै चालु आर्थिक वर्षको नाफाबाट दिने बोनसले राष्ट्र बैंकले तोकेको पुँजी पुर्‍याउने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment