Comments Add Comment

छिमेकीसँग सम्बन्ध सुधार पहिलो प्राथमिकताः परराष्ट्रमन्त्री

 

१० भदौ, काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले छिमेकी मुलुकसँगको सम्बन्ध सुधार र रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा रहेका नेपाली कामदारको सुरक्षा आफ्नो मुख्य प्राथमिकता भएको बताउनुभएको छ ।

Prakash-Sharan-Mahatमन्त्री डा. महतले शुक्रबार पद्भार ग्रहणपछि संचारकर्मीसँग कुरा गर्दै दुई ठूला छिमेकी भारत र चीनसँगको सम्बन्ध सुधारमा केन्दि्रत भएर काम गर्ने बताए । उनले दुवै मुलुकसँग सन्तुलित सम्बन्ध कायम गर्ने र सम्बन्ध सुधारका क्रममा मुलुकको हितलाई केन्द्रमा राख्ने बताए ।

मन्त्री डा. महतले रोजगारीका लागि विश्वका विभिन्न मुलुकमा रहेका नेपाली कामदारको हित र सुरक्षाका लागि सम्बन्धित मुलुकमा रहेका कुटनीतिक नियोगहरु परिचालन गर्ने बताए ।

पार्टी सभापति शेरबहादुर देउवा निकट मानिने डा. महतले दोस्रो पटक परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका हुन् । उनीसँग यसअघि परराष्ट्र राज्यमन्त्री तथा उर्जामन्त्रीको रुपमा काम गरेको अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment