Comments Add Comment

मन्त्रीका अगाडि देखिन होडवाजी नगर्नुस्ः सामान्य प्रशासनमन्त्री

 

१० भदौ, काठमाडौं । नवनियुक्त सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले कर्मचारीको मुल्यांकनमा आग्रह पूर्वाग्रह नगर्ने प्रष्ट पार्दै मन्त्रीको अगाडि देखिनका लागि होडवाजी नगर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

Keshab-Kumar-Budhathokiशुक्रबार पद्भार ग्रहणपछि मन्त्रालयका कर्मचारीहरुसँगको परिचयका क्रममा मन्त्री बुढाथोकीले सरुवा बढुवामा पार्टीगत आस्था नहेर्ने प्रष्ट पारे । उनले भने, ‘राजनीतिक आस्थाका आधारमा काम गर्ने मेरो कार्यशैली छैन । तपाईंहरु पनि मेरो अगाडी देखापर्नका लागि होडवाजी नगर्नुस् ।’

सामान्य प्रशासनमन्त्री बुढाथोकीले मन्त्रीको वरिपरि हिंड्ने तथा सुविधा भएका कार्यालय र जिल्लामा काम गर्ने कर्मचारीलाई भन्दा विकट जिल्लामा काम गर्ने कर्मचारीलाई बढ्ता प्राथमिकता दिने बताए । उनेले अधिकांश समय विकट जिल्लामा वसेका र विदेश भ्रमणबाट वञ्चित रहेका कर्मचारीको सूची तयार गर्न मन्त्रालयका सचिव टंकमणि शर्मालाई निर्देशन दिए ।

बुढाथोकी दोस्रो पटक मन्त्री भएका हुन् । उनले यसअघि पञ्चायतकालमा राज्यमन्त्रीका रुपमा काम गरेका थिए । बहुदल आएपछि कांग्रेस छिरेका ७२ बर्षीय बुढाथोकी झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment