Comments Add Comment

सिभिल बैंक र आइएलएफसी गाभिँदै

ILFC

१० भदौ, काठमाडौं । सिभिल बैंक र इन्टरनेशनल लिजिङ एण्ड फाइनानस कम्पनी (आइएलएफसी) गाभिने भएका छन् । आइएलएफसीको शुक्रबार सम्पन्न विषेश साधारणसभाले सिभिल बैंकसँग मर्जर हुने प्रस्ताव पारित गरेको हो ।

सिभिल बैंकको विषेश साधारणसभाले यसअघि नै आइएलएफसीसँग गाभिने निर्णय गरिसकेको छ ।

अब दुबै संस्थाले एकीकृत कारोबारका लागि राष्ट्र बैंकसँग अनुमतिका लागि आवदन दिन्छन् । र, राष्ट्र बैंकले अनुमति दिएपछि एकीकृत कारोबार सञ्चालन गर्नेछन् । निकट भविष्यमै एकीकृत कारोबार गर्ने योजना रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment